कैलालीमा करेन्ट लागेर युवकको मृत्यु

महेन्द्रनगर । कैलालीको घनगढी उपमहानगरपालिका–६ दोघरा टोलका २१ वर्षीय दिर्घ खड्काको करेन्ट लागेर मृत्यु भएको छ। मंगलवार साँझ करिब ७ः४५ बजेतिर आफ्नै घरमा पानी तान्ने मोटर मर्मत गर्नेक्रममा करेन्ट लागी खड्का गम्भीर घाइते भएका थिए।

परिवार तथा स्थानीयले उनलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगेका थिए। अस्पतालमा चिकित्सकले चेकजाँच गर्दा खड्कालाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।

घटनापछि थप प्रक्रिया अघि बढाइरहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। उता, बझाङको तलकोट गाउँपालिका–२ न्यारीकी ६१ वर्षीया जया कामीको भिरबाट खस्दा मृत्यु भएको छ।

जिल्ला प्रहरीका अनुसार कामी मंगलवार धमेनाबाट घरतर्फ फर्कने क्रममा ढडाकोडाँडा नामक स्थानमा बाटोबाट अन्दाजी १०० मिटर तल खसेकी थिइन्। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीसँगै रहेका स्थानीयले घटनाको जानकारी प्रहरीलाई दिएका थिए। घटनापछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।

सम्बन्धित

Comments are closed.