वेदकोटमा माघी मिलन र ‘खोजनी बोजनी’ कचेहरी सम्पन्न

महेन्द्रनगर । वेदकोट कञ्चनपुर थारु समुदायको महान् पर्व माघीको अवसरमा वेदकोट नगरपालिकामा ‘माघी मिलन कार्यक्रम २०८२’ तथा नगर बडघररभलमन्सा समितिको दोस्रो ‘खोजनी बोजनी’ कचेहरी भव्य रूपमा सम्पन्न भएको छ।

नगर बडघर भलमन्सा समितिका अध्यक्ष राम सिंह डगौराको सभाध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं नगर प्रमुख भोजराज बोहराले थारु कला, संस्कृति र बडघर प्रथाको संरक्षणमा नगरपालिकाले सधैं अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो।

त्यस्तै, विशिष्ट अतिथि एवं नगर उपप्रमुख तुलसी जोशीले सामाजिक सद्भाव कायम राख्न र स्थानीय स्तरमा न्याय सम्पादन गर्न बडघरहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमका मुख्य पक्षहरूस् वर्षभरिको समीक्षा र नयाँ योजनाबारे गहन छलफल ,थारु समुदायको मौलिक झाँकी र परम्परागत नृत्य ,नगरवासीहरूबीच आपसी भाइचारा र शुभकामना आदानप्रदान सहित सभाध्यक्ष राम सिंह डगौराले माघीको शुभकामना दिँदै कार्यक्रम समापन गर्नुभएको थियो।

सम्बन्धित

Comments are closed.