महेन्द्रनगर । मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले फुड फेस्ट २०८२ भव्यताको साथमा सम्पन्न गरेको छ । शुक्रवार विद्यालयको प्रांगणमा एक भव्य कार्यक्रमको आयोजना गरीएको थियो । विषेश गरेर मैदाबाट बनेका सबै परिकार जंक फुडहरु बन्द गरेर अर्गानिक, गुणस्तरीय खानालाई बढी प्राथमिक्ता मा राखेर उक्त फुड फेस्टको आयोजना गरीएको थियो ।

विद्यार्थीहरूको उद्यमशिलता विकास गर्ने र गुणस्तरीय खाना स्वास्थ्यवर्धक हुन्छ भन्ने उद्देश्य बोकेर यो फुड फेस्टको आयोजना गरीएको विद्यालयका प्रिन्सिपल चुडामणी शर्माले बताउनु भयो ।

कितावी ज्ञानको साथमा उनिहरुलाई सिप सिकाउन र व्यवहारिक ज्ञान दिएर उनिहरुको उज्वल भविष्य बनाउने उदेस्यको साथमा यो फेस्टको आयोजना गरीएको उहाँले बताउनु भयो ।
प्रिन्सिपल शर्माले विद्यार्धीलाई बजारको अखाद्य वस्तुबाट टाढा राख्दै उनीहरुमा उद्यमशिलताको विकास गराउनका लागि १६ स्टलमा सुदूरपश्चिकै मौलिक खानाका परिकार पकाईएको बताउनु भयो ।
Comments are closed.