चुनाव मैदानमा देउवा नहुँदा के भन्छन् डडेलधुराका मतदाता ?

महेन्द्रनगर । २०४८ सालदेखि निरन्तर संसदीय राजनीति (दुई वटा संविधान सभा निर्वाचनसहित)मा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई निर्वाचित गर्दै आएका डडेलधुरावासीका लागि आसन्न प्रतिनिधि सभा निर्वाचनले फरक अनुभूति दिएको छ ।

आसन्न निर्वाचनमा देउवा उम्मेदवार नभएका कारण डडेलधुराका कतिपय मतदाता खिन्न देखिएका छन् । केहीले भने देउवाको अभावलाई ‘परिवर्तनको सुरुवात’का रूपमा पनि ग्रहण गरेका छन् ।

अमरगढी नगरपालिका–५ का मतदाता मनोरथ पन्त ०३६ सालदेखि आफू कांग्रेस कार्यकर्ता रहेको बताउँछन् । ०४८ सालको प्रतिनिधि सभा निर्वाचन यता हरेक संसदीय चुनावमा आफूले देउवालाई नै मत दिएको उनको भनाइ छ ।डडेलधुराका लागिमात्र नभएर देशकै राजनीतिमा देउवाको ठुलो योगदान रहेको पन्तले बताए ।

‘हाम्रो भूगोललाई देशभरमात्र होइन, विदेशमा पनि देउवाले चिनाएकै हो,’ उनले भने, ‘मेरो घर डडेलधुरा हो भनेर अहिले हामी जुनसुकै जिल्लामा जाँदा पनि हामीलाई देउवाकै जिल्लावासी भनेर मानिसले चिन्छन् ।’

 

सम्बन्धित

Comments are closed.