सुदूरपश्चिममा रास्वपाले खोल्यो खाता, कैलाली–१ बाट कोमल ज्ञवाली विजयी

महेन्द्रनगर । कैलाली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार कोमल ज्ञवाली विजयी भएकी छन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार ज्ञवालीले १७ हजार ८ सय २६ मत प्राप्त गरेकी हुन्।

यससँगै रास्वपाले सुदूरपश्चिम प्रदेशमा पहिलो जित दर्ता गर्दै आफ्नो खाता खोलेको छ। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले १२ हजार ८ सय ६७ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रामलाल डगौरा थारु रहेका छन्। उनले ८ हजार ३ सय ९२ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार द्धारिका प्रसाद न्यौपानेले ४ हजार ४ सय ९३ मत प्राप्त गरेका छन्।

सम्बन्धित

Comments are closed.