अछाम–१ मा भिम रावललाई हराउँदै कांग्रेसका भरतकुमार स्वाँर निर्वाचित

महेन्द्रनगर । अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काम्युनिष्ट पार्टी (नेकपा)का भिम रावललाई ५ सय २८ मतले पराजित गर्दै जित हासिल गरेका हुन्। निर्वाचनको अन्तिम परिणामअनुसार स्वाँरले १० हजार ७ सय ५८ मत प्राप्त गरेका छन् भने रावलले १० हजार २ सय ३० मत ल्याएका छन्।

तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार दीपक साउद रहेका छन्। उनले ७ हजार ३ सय ८६ मत प्राप्त गरेका छन्।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ओमप्रकाश रावल १ हजार ७४५ मतसहित चौथो स्थानमा रहेका छन्।

सम्बन्धित

Comments are closed.