महेन्द्ननगर । स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै मन्त्र अस्पतालका मेडिकल डाईरेक्टर डा। गोविन्द रोकायलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ । मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले आफनो २० औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा उहाँलाइ सम्मान गरीएको हो ।

कार्यक्रमका प्रमुख अतिथी भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले दोसल्ला ओढाएर सम्मानपत्र सहित उहाँलाई सम्मानित गरीएको हो ।
जिल्लामा रहेका विभिन्न विद्यालयका प्रिन्सिपल, विद्यार्थीहरु, अभिभावकहरुको उपस्थितिमा आयोजित कार्यक्रममा उहाँलाई स्वास्थ्य सेवा क्षेत्रमा गरेको समर्पित कार्य र बिरामीप्रति देखाएको सेवाभावको प्रशंसा गर्दै सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै वक्ताहरूले डा। रोकायले समुदायमा विपन्न गरिव र दलितहरुका वृद्धवृद्धाहरुको सेवामा स्वस्थ्य शिविरको आयोजना विद्यालयमा निशुल्क विषेशज्ञ स्वास्थ्य शिवीरको आयोजना गरेको भन्दै सबैले उहाँको प्रशंसा गरेका थिए । लामो समयदेखि बिरामीहरूको उपचारमा निरन्तर सेवा दिँदै आएको उल्लेख गर्दै समाजका लागि प्रेरणादायी व्यक्तित्व भएको बताएका थिए ।
विद्यालयका प्रिन्सिपल चुडामणी शर्माले स्वास्थ्य क्षेत्रमा उहाँको योगदानले समुदायलाई ठूलो लाभ पुगेको भन्दै आगामी दिनमा पनि यस्तै सेवा भावका साथ काम गर्न शुभकामना व्यक्त गर्नु भयो ।
सम्मान ग्रहण गर्दै डा। रोकायले आफूलाई प्रदान गरिएको सम्मानले थप जिम्मेवारी र हौसला मिलेको बताउनु भयो । उहाँले स्वास्थ्य सेवामा अझ समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्मान प्रदान गर्ने संस्थाप्रति आभार व्यक्त गरे ।
Comments are closed.