एलबिएले आयोजना गरिएको भलिबल कपको उपाधि ईन्टरनेशनल स्कुललाई

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिएको एलबिए भलिबल प्रतियोगिताको उपाधी ईन्टरनेश्नल पब्लिक स्कुललाई पाईएको छ । लिटिल बुद्ध एकेडेमी एलबिएले महेन्द्रनगर कर्भडहलमा आयोजना गरेको ‘एलबिए भलिबल प्रतियोगिता ०८२’को उपाधी ईन्टरनेश्नल पब्लिक स्कुललाई पाईएको हो ।
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ मुल नारा अघि सारेर लिटिल बुद्ध एकेडेमीले कञ्चनपुर भलिबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको थियो ।

२३फागुनदेखि कभर्डहलमा संचालन भएको भलिबल प्रतियोगिताको बुधबार सम्पन्न फाईनल प्रतियोगितामा आयोजक एलबिएको टिमलाई हराउँदै ईन्टरनेशनलले उपाधी चुमेको हो ।

फाईनल प्रतियोगितमा ईन्टरनेशलले ३–१को सेटले आयोजक एलबिएलाई हराउँदै उपाधी आफ्नो पोल्टामा पारेको थियो । पुर्नवासको लक्ष्मी माविले तृतिय स्थानमा चित्त बुझाएको छ ।

लिटिलबुद्ध एकेडेमी९एलबिए०का प्रिन्सिपल श्याम सिह मौनीले नेपालको राष्ट्रिय खेलका साथै मौलिक खेलकुद प्रतियोगिता प्रर्बद्धनका साथै अन्तरविद्यालयविच प्रतिस्पर्धाको भावना जागृत गराएर भलिबललाई समेत विद्यालय तहबाटै जागरण गराउने उदेश्य रहेको बताए ।

साथै एलबिएको १९औँ बार्षिकोत्सवको अवसर पारेर समेत उक्त प्रतियोगिता आयोजना गरिएको छ ।  विजेता ईन्टरनेशनल पब्लिक स्कुलले ७५हजार, उपविजेता आयोजक एलबिएले ५०हजार र सान्त्वना अर्थात तृतिय स्थान सुरक्षित पारेर लक्ष्मी माविले २५ हजार नगदका साथै प्रमाण पत्र, ट्रफि, मेडल पाएका थिए ।

विजेता टिमलाई पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले निजी विद्यालय स्तरबाट यति ठुलो प्रतियोगिताले भलिबल खेलकुदका साथै खेलाडी उत्पादनमा टेवा पुग्ने बताए ।

एलबिएले शैक्षिकका साथै खेलकुद प्रतियोगितामा समेत विवित कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित

Comments are closed.