राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा वृद्दाआश्रमा नि शुल्क स्वास्थ्य परिक्षण र औषधि बितरण

महेन्द्रनगर ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २५औ स्थापना दिवसको अवसरमा रौटेला स्थित वृद्दाआश्रमा नि शुल्क स्वास्थ्य परिक्षण र औषधि बितरण गरेर मनाईएको छ । वेदकोट नगरपालिका ८ मा रहेको बैजनाथ धाम तथा वृद्धाआश्रम सेवा समितिमा आश्रित ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै एकदिने निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्ला कार्य समिति कञ्चनपुरको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा २० जना वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षण गरीएको थियो ।

कार्यक्रममा स्वास्थ्यकर्मीहरूको टोलीले वृद्धाआश्रमा रहेका बुबाआमाहरूको स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधि समेत निःशुल्क वितरण गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कञ्चनपुर शाखाका अध्यक्ष सरस्वती जिसीले जानकारी दिनुभयो ।

स्वास्थ्य परीक्षण अन्तर्गत रक्तचाप, मधुमेह, मुटु, आँखा लगायत विभिन्न रोगहरूको जाँच गरिएको थियो । कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूले लामो समयदेखि स्वास्थ्य जाँच गर्न नपाएको अवस्थामा निःशुल्क सेवा पाउँदा खुशी व्यक्त गरेका थिए ।

आयोजक संस्थाका प्रतिनिधिहरूले ज्येष्ठ नागरिकहरू समाजका अनुभवी र सम्मानित व्यक्तित्व भएकाले उनीहरूको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

यस्ता स्वास्थ्य शिविरले वृद्धाआश्रमा बस्ने ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था पहिचान गर्न र आवश्यक उपचार उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिष्ठानले नेपालका विभिन्न स्थानमा यस्तै प्रकारका स्वास्थ्य शिविरहरू सञ्चालन हुँदै आएका छन्, जसले ज्येष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य जाँच तथा औषधि उपलब्ध गराउँदै आएको छ ।

आयोजक संस्थाले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा यस्ता स्वास्थ्य शिविर सञ्चालन लगायतका कार्य गर्ने योजना रहेको जनाएको छ ।

सम्बन्धित

Comments are closed.