अपि इन्टरनेशनल स्कुलको प्रसाद वितरण कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको ब्रह्मदेवस्थित मन्दिरमा अपि इन्टरनेशनल स्कुलले प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेको छ। भीमदत्त नगरपालिका ९ ब्रह्मदेबमा रहेको श्री सिद्धनाथ बाबा मन्दिर परिसरमा रहेका भक्तजनहरू लाई प्रेम, सम्मान र कृतज्ञताको भावनासहित प्रसाद वितरण गरी सेवा र सामाजिक सहयोगको सानो तर अत्यन्त अर्थपूर्ण प्रयास गरिएको छ।

धार्मिक आस्था तथा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले विद्यालयले उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सहभागितामा मन्दिरमा दर्शन गर्न आएका भक्तजनहरूलाई प्रसाद वितरण गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले धार्मिक गतिविधिसँगै सामाजिक सेवा कार्यमा सहभागी हुन पाउँदा खुसी व्यक्त गरेका थिए। विद्यालयका प्रिन्सिपल खगेस्वरी भट्टले विद्यार्थीहरूलाई सामाजिक तथा धार्मिक कार्यमा सहभागी गराउँदा उनीहरूमा अनुशासन, सहयोग र समाजप्रतिको जिम्मेवारी भावना विकास हुने विश्वास व्यक्त गर्नु भयो ।

यस्ता कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उहाँको भनाई रहेको छ । कार्यक्रममा स्थानीय बासिन्दा, भक्तजन तथा विद्यालय परिवारको उल्लेखनीय सहभागिता रहेको थियो।

विद्यालयले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित

Comments are closed.