भीमदत्त ४ मा एक महिलाको विचल्ली, मकै मात्रै ख्वाएर बच्चाको भोक मेटाउँदै

महेन्द्रनगर । भीमदत्त नगरपालिका ४ मा रहेकी एक महिला र उनका तिन नावालकहरुको विचल्ली भएको छ । बैतडीको पञ्चेस्वर गाँउपालिका ५ की हाल भीमदत्त ४ मा बस्दै आएकी गंगा चन्दलाई अहिले आफना नावालकहरुलाई पालन पोषण गर्न समस्या भएको हो । श्रिमान विगत २ वर्षदेखी वेपत्ता भएपछि ३ जना नावालकहरु विचल्लीमा परेका हुन ।

काखमा दुधे बालक र २ जना छोरीहरुलाई सम्हाल्न निकै समस्या भएको उनले बताईन । दैनिक मकै भुटेर बच्चाहरुको पेट पालेको उनले बताईन् । “अहिले खानको लागी पनि निकै समस्या भएको छ, खान पनि केही छैन, दैनिक मकै भुटेर पानी संग खाने गरेकी छु” उनले भनिन, सानासाना नावालकहरु छन, काम गर्न पनि जान नसक्ने अवस्था छ, “पुरानो विद्यालयमा आश्रय सलएर बसेकी छु विजुली बत्ती पनि छैन” पुरानो एक विद्यालयमा आश्रय लिईरहेकी चन्दलाई अहिले निकै नै समस्या परेको छ ।

बस्ने कोठामा बत्तिको पनि व्यवस्था नभएपछि रातीको समयमा एक्लै बस्न पनि समस्या, डर त्रास रहेको उनले बताईन् । मानसिक अवस्था विग्रेका श्रिमान विगत २ वर्षदेखी वेपत्ता भएपछि समस्या भएको र अहिले खान बस्न लगाउने कपडामा पनि नभएपछि निकै समस्या भएको छ ।

श्रीमान् लामो समयदेखि बेपत्ता भएपछि एक महिलालाई आफ्ना साना बालबालिका हुर्काउन निकै समस्या परेको छ । परिवारको मुख्य कमाउने व्यक्ति बेपत्ता भएपछि घरपरिवारको सम्पूर्ण जिम्मेवारी महिलामाथि परेको हो ।

बेपत्ता भएको घटनापछि ती महिला आर्थिक, सामाजिक तथा मानसिक समस्यासँग जुध्दै बालबालिकाको पालनपोषण गरिरहेकी छन् । दैनिक खर्च, बालबालिकाको पढाइ र घरको व्यवस्थापन गर्न निकै कठिन भएको उनले बताएकी छन् ।

स्थानीय बासिन्दाका अनुसार श्रीमान् बेपत्ता भएपछि महिला एक्लै परिवारको जिम्मेवारी सम्हाल्दै आएकी छन् । काम गर्न जान पनि नसकीने अवस्था रहेको सानो दुधे बालकलाइ एक्लै छोडेर जान पनि समस्या रहेको उनले बताईन् ।

उनले पीडित परिवारलाई सहयोग गर्न सरोकारवाला निकाय र समुदायलाई आग्रह गरेकी छन् । साथै, बेपत्ता व्यक्तिको खोजीका लागि सम्बन्धित निकायसँग पहल गर्न पनि माग गरिएको छ ।

सम्बन्धित

Comments are closed.