महेन्द्रनगर । महाकाली मोडर्न पब्लिक स्कुलले कक्षा १० (एसईई) दिने विद्यार्थीहरूका लागि एक विशेष कार्यक्रमको आयोजना गरी फेरी भेटौला कार्यक्रमको आयोजना गरेको छ । विद्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कक्षा १० मा अध्ययनरत ४३ जना विद्यार्थीहरुलाई अविर खादा र मायाको चिनो प्रदान गरेर सम्मानको साथमा फेरी भेटौला कार्यक्रमको आयोजना गरीएको हो ।
उक्त कार्यक्रमको सभाध्यक्षमा कक्षा ९ की छात्रा रोजी सावद रहनु भएको थियो भने, प्रमुख अतिथीमा संस्थापक प्रिन्सिपल दिजराज भट्ट भएको थियो, विशिष्ट अतिथीमा संस्थापक अध्यक्ष हर्कबहादुर धामी रहनु भएको थियो ।
विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुती दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल भट्टले विद्यार्थीहरूलाई आगामी एसईई परीक्षामा सफलताको शुभकामना व्यक्त गर्दै अनुशासन, मेहनत र आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नु भयो ।
जिवनमा सफलता हासिल गर्ने उपाँय भनेकै कडा मिहिनेत परिश्रम र अनुसासन रहेको बताउनु भयो । जीवनमा शिक्षा मात्र नभई नैतिकता र व्यवहारिक ज्ञान पनि उत्तिकै महत्वपूर्ण हुने उहाँको धारणा थियो ।
सभाध्यक्ष विष्टले आफनो आमा बुवाहरुको सपनालाई साकार बनाउनका लागि मिहिनेत गरेर कक्षा १० को परिक्षा उतिर्ण गरी आफनो भविष्य उज्जवल बनाउन आग्रह गर्नु भयो ।
विदाई कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै एसईई दिन लागेका दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका थिए ।
साथै, एसईई दिने विद्यार्थीहरूले विद्यालयसँग बिताएका मीठा सम्झनाहरू सुनाउँदै शिक्षक तथा विद्यालयप्रति कृतज्ञता व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै उज्ज्वल भविष्यको कामना गरिएको थियो । विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास बढाउने विश्वास व्यक्त गरेको छ ।
Comments are closed.