सुकासाल चौराहाबाट हराए बहादुर चन्द, खोजी कार्यमा सहयोगका लागि घर परिवारको आग्रह

महेन्द्रनगर भीमदत्त नगरपालिका ६ सुकासालबाट एक जना ज्येष्ठ नागरिक हराएका छन् ।

दुई महिना अघि पहाडबाट तराई आएका बहादुर चन्द बुधबार बिहान १० बजे सुकासाल चौराहाबाट हराएको आफन्तले जानकारी दिएका हुन् ।

चन्दका आफन्तले उनको खोजीमा सहयोगका लागि सबैमा आग्रह गरेका छन् । घर परिवारले प्रहरीलाई चन्द हराएको जानकारी दिइ सकेका छन् ।

चन्दका भतिज भरत चन्दले चन्दलाई देखेमा नजिकको प्रहरी कार्यालय वा ९८४८७०४२२९ नम्बरको मोबाइलमा सम्पर्क गरी सहयोग गरि दिन आग्रह गरेका छन् ।

सम्बन्धित

Comments are closed.