महेन्द्रनगर । कञ्चनपुरमा बाल विवाह, लैङ्गिक हिंसा तथा जलवायु परिवर्तन विरुद्ध जनचेतना फैलाउन र्यालीको आयोजना गरीएको छ । भिमदत्त नगरपालिका–१३, पिपरैयामा बाल विवाह, लैङ्गिक हिंसा तथा जलवायु परिवर्तन विरुद्ध जनचेतना फैलाउने उद्देश्यले सचेतना र्या्ली आयोजना गरिएको हो ।
वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल र प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित “उत्थानशील भविष्य–बाल विवाह अन्त्य कार्यक्रम” अन्तर्गत उक्त कार्यक्रमको आयोजान गरीएको थियो । उक्त र्यालीमा परियोजना मार्फत गठन गरिएका महाकाली किशोरी समूह र उज्वल किशोरी समूहले संयुक्त रूपमा सहभागिता जनाएका थिए ।
रर्याली झुलुङ्गे पुलबाट सुरु भई साझा चौराह हुँदै विभिन्न बस्ती परिक्रमा गरी पुनः झुलुङ्गे पुलमै पुगेर कोण सभामा समापन गरिएको थियो ।
रर्यालीका क्रममा सहभागीहरूले बाल विवाह अन्त्य, लैङ्गिक हिंसा न्यूनीकरण तथा जलवायु परिवर्तनका असरले बाल विवाहलाइ बाल विवाहलाइ कसरी वढाएको छ, भन्ने सन्देशमूलक प्लेकार्ड प्रदर्शन गर्दै जनचेतना फैलाएका थिए । कार्यक्रममा करिब ८२ जनाको सहभागिता रहेको थियो, जसमा ६० जना किशोरीहरू रहेका थिए।
साथै वडा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, स्थानीय बाल क्लबका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपालका कार्यसमिति सदस्य तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।
समुदाय स्तरमा हुने बाल विवाह तथा जलवायु परिवर्तनका कारण बढ्दै गएको बाल विवाह अन्त्य गर्न समुदायबाटै पहल आवश्यक रहेको भन्दै उक्त र्यावली आयोजना गरिएको आयोजकले जनाएको छ ।
Comments are closed.