महेन्द्रनगर । जल तथा मौसम विज्ञान विभागले हाल तीन दिनसम्म मात्र जारी गर्दै आएको मौसम पूर्वानुमानलाई विस्तार गरी निकट भविष्यमै सात दिनसम्म पुर्याउने तयारी थालेको छ।
विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले पूर्वानुमानलाई थप भरपर्दो, प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले यस्तो योजना अघि बढाइएको जानकारी दिए।
उनका अनुसार मौसमजन्य विपद्बाट हुने धनजनको क्षति न्यूनीकरण गर्न गुणस्तरीय तथ्यांकमा आधारित पूर्वानुमान अत्यावश्यक छ।
नेपालमा प्रत्येक वर्ष भारी वर्षा, हुरीबतास, असिना र डढेलोजस्ता प्रकोपले ठूलो क्षति पुर्याइरहेका छन्। हाल विभागले भूउपग्रह, राडार, रेडियोसोन्ड र जमिनमा आधारित केन्द्रमार्फत तथ्यांक संकलन गर्दै आएको छ।
विभागले ‘न्युमेरिकल वेदर मोडलिङ’ प्रणालीमार्फत तीन दिनसम्मको पूर्वानुमान नियमित रूपमा सार्वजनिक गर्दै आएको छ। उक्त तथ्यांक सडक, खानी तथा भूगर्भ, कृषि लगायत विभिन्न निकायलाई पूर्वतयारी र निर्णय प्रक्रियाका लागि उपलब्ध गराइँदै आएको छ।
प्रधानाङ्गका अनुसार पर्वतारोहण, हवाई उड्डयन, कृषि र सहरी क्षेत्र लक्षित विशेष पूर्वानुमान सेवा सञ्चालनमा छन्। हवाई मौसम सेवा डिजिटाइज गरिएको छ भने २१ स्थानीय तहमा ‘प्रभावमा आधारित पूर्वानुमान’ ९क्ष्द्यँ० सुरु गरिएको छ।
सन् २०१० पछि मौसमसम्बन्धी प्रविधिमा उल्लेख्य सुधार आएको उल्लेख गर्दै उनले सात दिने पूर्वानुमान प्रणाली, मोबाइल एप र आफ्नै ‘डिसिजन सपोर्ट सिस्टम’ विकास गर्ने तयारी भइरहेको बताए।
Comments are closed.