महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित शिद्धनाथ मन्दिरमा भक्तजनलाई निःशुल्क भोजन (प्रसाद) वितरण गरिएको छ । विगत १६ वर्षदेखी भण्डारा लगाएर मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरूलाई लक्षित गर्दै स्थानीय समाजसेवी तथा विभिन्न संघ–संस्थाहरूको सहकार्यमा भोजन वितरण कार्यक्रम आयोजना गरिएको हो ।
अहिले दैनिक १२ देखी १५ हजार भारतिय दर्शनार्थीहरुलाई भोजन खुवाइ रहेका छन् । भारत उत्तराखण्डको चम्पावत जिल्ला अन्तर्गत चुरे पहाडको शृङ्खलामा रहेको पूर्णागिरि माता दर्शनपछि महेन्द्रनगरमा रहेको शिद्धनाथको मन्दिरमा पूजा आराधना गरेपछि मात्रै मनोकामना पूरा हुने किंवदन्ती अनुसार यहाँ भारतीय दर्शनार्थीको भीड बढेको हो ।
त्यही भारतीय र नेपाली दर्शनार्थीलाई लक्षित गर्दै विगत १६ वर्षदेखी भण्डारा लगाएर खानाहरु खुवाई रहेको आयोजकले जनाएका छन ।
जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल का केन्द्रिय महासचिव कराँते नेपालका ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले आफना खेलाडीहरुले पनि स्वयमसेवको रुपमा काम गरीरहेको बताउनु भयो ।
विहान ८ बजेदेखी बेलुकी ४ बजेसम्म श्रद्धालु भक्तजनहरुलाई प्रशादको रुपमा खाना खुवाउनमा सहयोग गरीरहेको बताउनु भयो ।
विगतको वर्षदेखी यसरी नै साथ र सहयोग गर्दै आएको र अहिले स्वमसेवकहरुको कमी भएको र कसैलाई सेवा भावले काम गर्न मन छ भने आएर सहयोग गरीदीन आग्रह गर्नु भयो ।
यसैगरी भण्डाराका संयोजक कृष्णानन्द जोशीले विगत १६ वर्षदेखी आफुहरु यो सेवामा भक्तजनहरु लाइ निशुल्क् रुपमा भोजन खुवाई रहेको बताउनु भयो ।
उहाँले यस्मा सबै सहयोगी हातहरुलाई धन्यवाद पनि व्यक्त गर्नु भयो । मन्दिर परिसरमा उपस्थित भक्तजनहरूले निःशुल्क रूपमा भोजन ग्रहण गर्दै आयोजकप्रति आभार व्यक्त गरेका थिए ।
आयोजक पक्षले धार्मिक आस्थालाई सम्मान गर्दै मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको सन्देश फैलाउने उद्देश्यले कार्यक्रम गरिएको जनाएको छ ।
यस्ता कार्यक्रमहरूले समाजमा सहयोग र सद्भावको भावना अभिवृद्धि गर्नुका साथै धार्मिक स्थलप्रति आकर्षण बढाउने विश्वास लिइएको छ ।
Comments are closed.