किशोरीहरुको प्रजनन स्वास्थ्य अधिकार, सम्भावित जोखिम तथा लैङ्गिक हिंसा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
महेन्द्रनगर । कञ्चनपुरमा रहेको साथी संस्थाले किशोरीहरुको प्रजनन स्वास्थ्य अधिकार, सम्भावित जोखिम तथा लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले एक दिवसीय कार्यक्रम सम्पन्न गरिएको छ ।

चैत्र १७ गते साथी संस्थाको आयोजनामा निड्स नेपालको सहजीकरणमा उक्त कार्यक्रम सम्पनन भएको हो । भीमदत्त नगरपालिका ४ मा रहेको कालिपुल महिला सशक्तिकरण केन्द्रमा रहेका महिलाहरु र अन्य किशोरीहरुलाई किशोरीहरुको प्रजनन स्वास्थ्य अधिकार, प्रजनन स्वास्थ्यका आधारभूत जानकारी, महिनावारी व्यवस्थापन, बालविवाहको असर, यौनजन्य रोगहरुको जोखिम तथा सुरक्षित व्यवहारबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।

साथै, लैङ्गिक हिंसाका प्रकार, त्यसबाट बच्ने उपाय र हिंसा भएमा कहाँ र कसरी उजुरी गर्ने भन्ने विषयमा पनि जानकारी दिइएको थियो । कार्यक्रमका प्रशिक्षकहरुले किशोरीहरुलाई आफ्नो अधिकारबारे सचेत रहन, कुनै पनि प्रकारको दुव्र्यवहार वा हिंसा सहेर नबस्न र सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेका थिए ।
साथी संस्थाका जिल्ला संयोजक उर्मिला शाहीले महिलाहरुलाई किशोरीहरुलाइ प्रजनन स्वास्थ्य अधिकार, प्रजनन स्वास्थ्यका आधारभूत जानकारी, महिनावारी व्यवस्थापन, बालविवाहको असर, यौनजन्य रोगहरुको जोखिम तथा सुरक्षित व्यवहारबारे जानकारी गराइएको बताउनु भयो ।
सहभागी किशोरीहरुले कार्यक्रम अत्यन्तै उपयोगी रहेको बताउँदै यस्ता कार्यक्रमले आत्मविश्वास बढाउनुका साथै आफ्नो स्वास्थ्य र रक्षाप्रति सजग बन्न मद्दत पुग्ने बताएका छन् ।
Comments are closed.