महेन्द्रनगर । कञ्चनपुरको जिल्ला प्रशासन, मालपोत र यातायात कार्यालयबाट ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट ४ जना यातायात र मालपोतबाट ३ जना गरी ७ जनालाई पक्राउ गरीएको हो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेट अगाडी सेवाग्राहीहरुलाई हैरानी गर्ने तानातान गर्ने बेदकोट नगरपालिका ५ धरमपुर बस्ने देव अनलाईन केन्द्रमा काम गर्ने सालम बोगटी सोही ठाँउका दिल बि.क.सागर घरेडी, हाम्रो अनलाईन पसलमा काम गर्ने दिपेन्द्र कुमार बोहरालाइ प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी, यातायात ब्यबस्था कार्यालय कञ्चनपुरको गेट अगाडीबाट सेवाग्राहीको काम गरीदिन्छु भन्ने २ जना र मालपोत कार्यालय कञ्चनपुरको गेट अगाडी १ जना गरी जम्मा ३ जना सेवाग्राहीहरुलाई हैरानी (ताना–तान) गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शालिग्राम अनलाईन सेवामा काम गर्ने बेदकोट नगरपालिका ६ बस्ने कपिल जोशी,भीमदत्त नगरपालिका १८ बस्ने शालिग्राम अनलाईन सेवामा काम गर्ने हिमान्शु चन्द्र र भिमदत्त न.पा. वडा नं. ५ बस्ने कैलाश सुनार रहेका छन् ।
पक्राउ परेका सबै माथी अनुसन्धान भई रहेको जिल्ल प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
Comments are closed.