भृकुटी माविको व्यवस्थापन समितिको अध्यक्षमा भट्ट चयन

महेन्द्रनगर । भीमदत्त नगरपालिका–०४ महेन्द्रनगरस्थित भृकुटी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नीतु भट्ट चयन भएकी छन् ।

विद्यालयमा आयोजित अभिभावक तथा सरोकारवालाको बैठकबाट भट्ट सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएकी हुन् ।

नव(निर्वाचित अध्यक्ष भट्टले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासन सुदृढीकरण तथा भौतिक पूर्वाधार विकासमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

उनले विद्यालयलाई नमुना शैक्षिक संस्थाको रूपमा विकास गर्न शिक्षक, अभिभावक र स्थानीय समुदायसँग सहकार्य गर्दै अघि बढ्ने बताइन् ।

उनी विगतदेखि नै समाजिक कार्यमा समेत सक्रिय रहदै आएकी छन् ।

सम्बन्धित

Comments are closed.