सुन्दरपुरमा हुँदैछ मालामास महा यज्ञको आयोजना

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ सुन्दरपुर बैजनाथ टोलमा रहेको बैजनाथ बाबाको मन्दिरमा यही मिति २०८३ साल जेठ महिनाको ३ गतेदेखि असार ३ गतेसम्म ऐतिहासिक एक महिना लामो मालामास महायज्ञ हुने भएको छ।

लगभग ३र४ सालपछि आउने यो मालामास यज्ञ विश्व शान्ति तथा वैजनाथ बाबाको मन्दिर को सर्वाङ्गीण विकासार्थ गाउँवासीको आयोजनामा हुने भएको हो।

एक महिना लामो मालामास महायज्ञमा श्रीमद्भागवत महापुराणको तथा अन्य भगवानहरूको लिलाको वर्णन साथै नित्य निरन्तर कार्यहरूको प्रवचन गरिने मूल उपभोक्ता समितिका अध्यक्ष मनोराज जोशी ज्यूले बताउनुभएको छ।

साथै कार्यक्रममा राष्ट्रिय कलाकारहरूद्वारा दिव्य दिव्य संगीतको आनन्द लिन सकिने र भगवानहरूका दिव्य दिव्य झाँकीको आनन्द लिन सकिने कार्यक्रमका भजन गायक निखील प्र जोशी ले जनाउनु भएको छ।

कार्यक्रमको तयारी आजैदेखि भइरहेको छ गाउँवासीको आयोजनामा हुने यस कार्यक्रमलाई सम्पूर्ण सुन्दरपुर बासीहरूले सहयोग गर्दै आउनुभएको छ।

सम्बन्धित

Comments are closed.