महेन्द्रनगर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–५ मा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ। ४५ वर्षीय लिलाराम सुनार आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहान सुनार आफ्नै घरमा हत्या भएको अवस्थामा भेटिएका हुन्। घटनाबारे मृतककी श्रीमती यशोदा सुनारले नै बिहान प्रहरीलाई जानकारी गराएकी थिइन्।
प्रहरीका अनुसार मृतकको घाँटीमा धारिलो हतियारले प्रहार गरिएको देखिएको छ। घटनापछि प्रहरीले मृतककी श्रीमतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ भने घटनास्थलबाट चक्कु समेत बरामद गरिएको छ।
घरमा श्रीमान–श्रीमती मात्र बस्दै आएको खुलेको छ। घटनाको कारण र विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Comments are closed.