कञ्चनपुरमा ‘स्कोप २०२६’ आयोजना हुने, विधार्थीहरुले लाभ लिने

महेन्द्रनगर । कञ्चनपुरमा ‘स्कोप २०२६’ आयोजना हुने भएको छ । विद्यार्थीहरूलाई शैक्षिक अवस्था, भविष्यको करियर तथा विभिन्न अध्ययन अवसरबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै जेष्ठ ९ र १० गते ‘स्कोप २०२६’ आयोजना हुने जानकारी गराइएको छ । कार्यक्रममा विभिन्न विद्यालय तथा शैक्षिक संस्थाका विद्यार्थीहरू अभिभावकहरु, शिक्षकशिक्षीकाहरुको सहभागिता रहनेछ ।

स्कोप २०२६ मार्फत विद्यार्थीहरूले आफ्नो रुचि, क्षमता र लक्ष्य अनुसार उपयुक्त विषय तथा पेशा छनोटका बारेमा जानकारी पाउनेछन् ।

साथै, उच्च शिक्षा, छात्रवृत्ति, प्राविधिक शिक्षा र रोजगारीका सम्भावनाबारे पनि विज्ञहरूले सहजीकरण गर्ने कार्यक्रम संयोजक जगदिशचन्द्र भट्टले जानकारी दिनुभएको छ ।

उहाँले यो कार्यक्रममा शैक्षिक परामर्श, करियर काउन्सिलिङ, प्रेरणादायी अन्तरक्रिया तथा विभिन्न सूचना स्टलहरू रहने बताउनु भयो ।

यसले विद्यार्थीहरूलाई आफ्नो भविष्यको योजना बनाउन सहज हुने विश्वास गरिएको छ । विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई कार्यक्रममा सहभागी भई अवसरको सदुपयोग गर्न आयोजकले आग्रह गरेको छ ।

सम्बन्धित

Comments are closed.