महेन्द्रनगर । सुदूरपश्चिमको कला, संस्कृति र देउडा क्षेत्रका चर्चित गायक गणेश सिंह र लोकप्रिय गायिका पूर्णकला बीसीको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘गलि परानको’ सार्वजनिक भएको छ।
मौलिक पन र उत्कृष्ट लय संकलनका साथ तयार पारिएको यो गीत बजारमा आएको हो।राजेन्द्र शाह ‘बीपी’ को उत्कृष्ट लय तथा शब्द सिर्जनामा तयार पारिएको यस गीतलाई चर्चित एरेन्जर विनोद बाजुरेलीले सङ्गीत संयोजन ९एरेन्ज० गर्नुभएको हो। गीतको रेकर्डिङ चर्चित मालश्री स्टुडियोमा गरिएको आयोजकले जनाएको छ।
म्युजिक भिडियोको निर्देशन अनुभवी निर्देशक भीम थापाले गर्नुभएको छ। भिडियोको मुख्य भूमिकामा गायक स्वयम् गणेश सिंह र चर्चित मोडल कल्पना लेखकको उत्कृष्ट अभिनय देख्न सकिन्छ।
उहाँहरूका साथमा गोविन्द, बल्लभ भट्ट, सुरेश चन्द, गगन धामी, लक्ष्मण अधिकारी, प्रदीप पाल र मीन धानुक लगायतका कलाकारहरूको समेत सशक्त अभिनय रहेको छ।
अमृत उपाध्यायले भिडियोको छायांकन क्यामेरा गर्नुभएको छ भने कलाकारहरूको श्रृङ्गार मेकअप मेनुका साउदले गर्नुभएको हो।
Comments are closed.