वेदकोटमा उत्थानशील युवा सञ्जालले दिए निशुल्क सर्वत पानी

महेन्द्रनगर । पछिल्लो केही दिनयता तराई क्षेत्रमा ह्वात्तै बढेको अत्यधिक गर्मी र तातो हावाको लहर (लू) का कारण जनजीवन निकै कष्टकर बन्दै गएको छ ।गर्मीका कारण सडकमा हिँड्ने बटुवा, दैनिक ज्यालादारी गर्ने मजदुर तथा सर्वसाधारण सबैभन्दा बढी मारमा परेपछि उनीहरूलाई तत्काल राहत दिने उद्देश्यले सडकमै एक मानवीय अभियान थालिएको छ ।

“हावा, पानी, छाया खोजौँ, तातो हावाको लहरबाट बच्ने र बचाउने उपाय रोजौँ” भन्ने मूल नाराका साथ कञ्चनपुरको बेदकोट नगरपालिकाका मुख्य चोकहरुमा चिशो पानी सर्वत पानी निशुल्क वितरण गरिएको छ ।

उत्थानशील युवा सञ्जाल वेदकोटको आयोजना तथा वेदकोट नगरपालिकाको समन्वयमा सुरु भएको यस अभियानलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ र डीसीए नेपालले प्राविधिक तथा सामाजिक सहकार्य गरेका छन् ।

उत्थानशिल युवा समाज बेदकोट का युवाहरुले गर्मी बढेसँगै यात्रुहरुलाई लक्षित गर्दै निशुल्क सर्बत पानी वितरण कार्यक्रम सञ्चालन गरेका छन् ।

बजार क्षेत्र तथा मुख्य सडक आसपास यात्रा गर्ने सर्वसाधारण, चालक तथा यात्रुहरुलाई गर्मीबाट राहत मिलोस् भन्ने उद्देश्यले समाजका युवाहरुले सर्बत पानी पिलाउने अभियान सञ्चालन गरेको संयोजक कामना जोशीले बताउनु भयो ।

कार्यक्रममा सयौं यात्रुहरुले निशुल्क सर्बत पानी सेवन गरेका थिए । समाजका युवाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत मानवीय सेवाको भावना जागृत गर्न यस्ता कार्यक्रमले सकारात्मक सन्देश दिन यो कार्यक्रमको आयोजना गरेको उहाँले बताउनु भयो ।

स्थानीयवासीहरुले पनि युवाहरुको यस कार्यको प्रशंसा गरेका छन् ।उत्थानशिल युवा समाजले आगामी दिनमा पनि सामाजिक तथा जनहितका विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ ।

सम्बन्धित

Comments are closed.