बेदकोट ९ सुन्दरपुरमा पुरुषोत्तम मास महात्म्यम तथा मालामास महायज्ञको आयोजना

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं. ९ सुन्दरपुरस्थित बैजनाथ शिव मन्दिर मा जेठ ३ गतेदेखि जेठ ३१ गतेसम्म पुरुषोत्तम मास महात्म्यम तथा मालामास महायज्ञ आयोजना हुने भएको छ ।

विश्व शान्ति, धार्मिक जागरण तथा मन्दिरको सर्वाङ्गीण विकासका लागि स्थानीय गाउँवासीहरूको आयोजनामा एक महिने धार्मिक कार्यक्रम सञ्चालन हुन लागेको आयोजकले जनाएको छ ।

कार्यक्रममा दैनिक पूजा, आरती, कथा प्रवचन, भजन कीर्तन तथा विभिन्न धार्मिक अनुष्ठान सञ्चालन गरिने बताइएको छ ।

पुरुषोत्तम मासलाई हिन्दु धर्ममा विशेष पुण्यदायी महिनाका रूपमा मानिने भएकाले कार्यक्रममा ठूलो संख्यामा भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ ।

आयोजक समितिले सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजनलाई कार्यक्रममा सहभागी भई धार्मिक लाभ लिन आग्रह गरेको छ ।

ब्यासाचार्य– दुर्गा पन्त, स्वामि महाराज रमेशानन्द सरस्वतीको विशेष पहलमा कार्यक्रमको आयोजना गरिएको इन्द्रेणी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष शिवराज भट्टले जानकारी दिनुभयो ।

कथावाचकको रुपमा आचार्य घनश्याम लेखक रहनु भएको छ । बुधवारका दिन एकादशिको शुभ अवसरमा सन्त स्वामिमहाराज रमेशानन्द सरस्वती ज्युद्वारा ब्राह्मण एवं श्रद्धालु भक्तजनहरुलाई फलफूल, प्रसाद र भोजन ग्रहण तथा भण्डाराको आयोजना गराउनुका साथै गौदान (गाईको दान)गरीएको छ ।

कार्यक्रममा उपस्तिथि भक्तजनहरुलाई १०८ थान कोमल गीता ग्रन्थ समेत निशुल्क प्रदान गरीएको थियो ।

सम्बन्धित

Comments are closed.