महेन्द्रनगर । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले विभेदकारी निर्णय बिरुद्ध हस्ताक्षर संकलन गरेको छ । सरकारले निजी संचार माध्यममा गरेको विभेदकारी निर्णय बिरुद्ध हस्ताक्षर संकलन गरेको हो ।
नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले राज्यले नै सरकारी निजी संचार माध्यममा विज्ञापन सूचनामा विभेद गर्ने काम गरेकाले त्यस बिरुद्धमा जिल्लामा हस्ताक्षर अभियान संचालन गरेको बताए ।
अध्यक्ष धामीका अनुसार केन्द्रीय कार्यक्रम अनुरुप जिल्लामा पनि सरकारको विभेदकारी निर्णय बिरुद्ध हस्ताक्षर संकलन गरिएको बताए । अध्यक्ष धामीले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी अभ्यास नागरिकको सुचना पहुँचमा नियन्त्रण गर्न खोजेको भन्दै त्यस बिरुद्ध पत्रकार महासंघ उत्रिएको बताए ।
सरकार आफै सरकारी निजी संचार माध्यमविच विभेद गर्न उद्यत रहेको भन्दै उनले लोक कल्याणकारी राज्यमा सरकार आफै विभेद गर्न लागेको भन्दै गुनासो पोखेका छन ।
सरकारी संचार माध्यममा मात्रै सरकारी विज्ञापन, सूचना छाप्ने निर्णय फिर्ता लिन समेत माग अघि सारेका छन । वर्तमान सरकारमा रहेका दल, तिनका सासद,मन्त्रीले निजी संचार माध्यमकै सहयोग लिएर चुनाव जितेपछि निजीप्रति अन्याय गरेको पत्रकारको बुझाई छ ।
Comments are closed.