एनएनएसडब्लुएको कृष्णपुरमा बालबालिका १ रुख नामक वक्षारोपण अभियानको शुरुवात

महेन्द्रनगर । कृष्णपुर नगरपालिकामा बालबालिका १ रुख नामक वक्षारोपण अभियानको शुरुवात भएको छ । विश्व वातावरण दिवशका अवसरमा कृष्णपुर नगरपालिका वडा ं ७ स्थित श्री कञ्चन मा.वि.बाट १ उक्त कार्यको थालनी गरिएको छ ।

नेपाल राष्टिय समाज कल्याण संघ र वल्र्डभिजनको सहयोग तथा विद्यालयको सहकार्यमा उक्त दिवसको उपलक्ष्यमा विद्यालयमा वृक्षारोपण तथा वातावरण संरक्षण सम्वन्धि वतृत्वकला कार्यक्रमको आयोजना गरिएको थियो ।कार्यक्रममा सुदुरपश्चिम प्रदेशका कृषी तथा सहकारी मन्त्रालयका प्रतिनिधी, कृष्णपुर नगरपालिकाका कार्यकारी अधिकृत, वडा अध्यक्ष, वल्र्डभिजन पश्चिम कार्यलयका जिविर्कोपार्जन कार्यक्रम प्रमुख लगायतका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

वल्र्डभिजन इन्टरनेशनल र नेपाल राष्ट्रिय समाज कल्याण संघ ९ल्ल्क्ध्ब्० ले संचालन गरेको सो अभियान अन्तर्गत कृष्णपुरका २५०० बालबालिकालाई फलफुलको विरुवा वितरण गरि वृक्षारोपण गर्ने वृहत योजना रहेको कार्यक्रमका संयोजक रामेश्वर जैरुले बताए ।

खासगरि जलवायु परिवर्तन तथा विश्वव्यापी तापक्रम वृद्धिको चुनौती समाधानका लागि बालबालिकालाई नै अग्रसर बनाउने र वातावरण संरक्षणमा उनिहरुको सक्रियता अभिवृद्धि र सकारात्मक बानी व्यवहार निर्माणमा टेवा पुरयाउन र समग्रमा हरित र स्वच्छ वातावरण प्रर्वधनका लागि यो अभियान निकै महत्वपूर्ण रहेको कार्यक्रममा सहभागी वल्र्डभिजनका प्रतिनिधि सौगात शर्मा न्यौपानेले बताए ।

कार्यक्रममा उपस्थित स्थानिय सरकारका पदाधिकारी तथा मन्त्रालयका पदाधिकारीहरुले यो अभियान निकै सकारात्मक र वातावरण मैत्री रहेको बताए र यस्मा वहाहरुले अभियानलाई व्यापकता दिन संस्था र वृक्षारोपण अभियान संग थप सहकार्य गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन ।

साथै सो कार्यक्रममा विद्यालमा अध्ययनरत बालबालिकाहरुले उक्त विद्यालयको प्रांगणमा ५,७ वटा फलफुलका विरुवा वृक्षा रोपण गरेका थिए भने तत् पश्चात वतृत्वकलाका माध्यमबाट वातावरण संरक्षणमा हाम्रो भूमिका विषयमा आफना भनाईहरु राखेका थिए ।

सहभागी तथा बिजेता बालबालिकाहरुलाई आयोजकको तर्फबाट पुरुस्कारको रुपमा स्टेशनरीहरु वितरण पनि भएको थियो ।

सम्बन्धित

Comments are closed.