निड्स नेपालले भीमदत्त –१३ मा सघन धान खेती प्रविधिको प्रयोग गर्दै

महेन्द्रनगर । निड्स नेपालले भीमदत्त नगरपालिका–१३ स्थित सोनाहा टोलमा सघन धान खेती प्रविधिको प्रयोग गर्दै धान रोपाइँ गरेको छ। इम्पावरिङ हर परियोजनाअन्तर्गत राधाकृष्ण महिला सशक्तीकरण समूहको सहकार्यमा सघन धान खेती प्रविधि र विगतदेखि अपनाउँदै आएको परम्परागत विधिबीच तुलना गर्ने उद्देश्यले धान खेती गरिएको हो।

परियोजनामार्फत किसानहरूलाई सघन धान खेती प्रविधिबारे व्यवहारिक ज्ञान तथा सीप प्रदान गर्दै कम बीउ, कम पानी र कम लागतमा बढी उत्पादन लिन सकिने प्रविधिको अभ्यास गराइएको आयोजकले जनाएको छ ।

संस्थाका कृषी अधिकृत कौशल भण्डारीले यस कार्यक्रमबाट स्थानीय महिला किसानहरू आधुनिक तथा उत्पादनमुखी कृषि प्रविधिप्रति आकर्षित हुने, उत्पादन लागत घट्ने र धानको उत्पादकत्व वृद्धि हुने अपेक्षा गरिएको बताउनु भयो ।

साथै, सघन धान खेती प्रविधि प्रभावकारी देखिएमा आगामी वर्षहरूमा यसलाई अन्य किसान र समुदायमा समेत विस्तार गर्ने लक्ष्य रहेको उहाँले बताउनु भयो ।

यसैगरी कृषी ज्ञान केन्द्र कञ्चनपुरका बाली विकास अधिकृत जागृत खनालले यो प्रविधिबाट धानमा गाँज बढी आउने, उत्पादन बढी दिने कम पानीमा पनि लगाउन मिल्ने बताउनु भयो ।

साथै कम विएामा उतपादन बढने भएर यो प्रविधि आज सिकाइ भएको बताउनु भयो । यसैगरी वडा अध्यक्ष रामचन्द्र बोहराले आफनो वडामा यो प्रविधीले राम्रो नतिजा दिएमा अन्य किसानहरुलाई पनि यो विषयमा जानकारी दिने बताउनु भयो ।

उक्त कार्यक्रमको सभाध्यक्षमा संस्थाका कोषाध्यक्ष विनिता लुहार रहनु भउको थियो भने परियोजनाका कृषी अधिकृत हेमन्त महरा, महिला सशक्तिकरण केन्द्र सहजकर्ता निर्मला कुमारी बम चन्दको सहभागिता रहेको थियो ।

 

सम्बन्धित

Comments are closed.