कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु

महेन्द्रनगर । कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।

गोदावरी–१ अत्तरियाकी ४५ वर्षीय ईश्वरी कडालको सर्पको टोकाइबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

कडाललाई असार १४ गते स्थानीय मिलमा कुटानी गर्न गएको बेला सर्पले टोकेको थियो । उनको सेती प्रादेशिक अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित

Comments are closed.