बेदकोट नगरपालिकामा कफी,एसी र फ्रिज निर्माण सम्बन्धी तालिम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाले कफी बारिस्टा तथा रेफ्रिजेरेसन एण्ड एयर कन्डिसन टेक्निसियन तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । तालिम समापन कार्यक्रममा बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको सभाध्यक्षता रहेको थियो भने नगर उपप्रमुख तुलसी जोशी विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो ।

कार्यक्रममा होटल व्यवसाय संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, रोजगार शाखा प्रमुख तथा नगरपालिकाका विभिन्न शाखाका प्रमुख एवं कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

नगरपालिकाले सञ्चालन गरेको ६५ दिने सीपमूलक तालिम अन्तर्गत कफी बारिस्टा तालिममा २० जना र रेफ्रिजेरेसन एण्ड एयर कन्डिसन टेक्निसियन तालिममा २० जना गरी कुल ४० जना सहभागीले व्यावसायिक सीप हासिल गरेका छन् ।

समापन कार्यक्रमलाई सम्बोधन सभाध्यक्ष तथा बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले सीपमूलक तालिमले युवाहरूलाई आत्मनिर्भर र स्वरोजगार बन्न महत्वपूर्ण आधार प्रदान गर्ने बताउनुभयो । उहाँले तालिममा सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आफ्नै ठाउँमा उद्यम सञ्चालन गर्न तथा रोजगारी सिर्जना गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।

नगरपालिकाले आगामी दिनमा पनि स्थानीय आवश्यकता र बजारको मागअनुसार यस्ता व्यावसायिक तथा सीप विकाससम्बन्धी तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, सीप नै आर्थिक समृद्धिको आधार भएकाले प्राप्त सीपलाई सदुपयोग गरी सफल उद्यमी बन्न सहभागीहरूलाई शुभकामना समेत दिनुभयो ।

वेदकोट नगरपालिकाका रोजगार संयोजक भोजराज अवस्थीले स्थानिय स्तरमा आन्तरिक रोजगार को विकास र प्रवद्र्धन गर्नको लागी यो तालिमको आयोजना गरीएको बताउनु भयो ।

डिमान्ड अनुसार रोजगारी बढी सिर्जना गर्ने उदेश्यले यो तालिमको आयोजना गरीएको बताउनु भयो । सहभागी वेदकोट नगरपालिका ९ का प्रेम कुवँरले आफुले रेफ्रिजेरेसन एण्ड एयर कन्डिसन टेक्निसियन तालिममा भाग लिएको र यो तालिमा सहभागी हुँदै गर्दा आम्दानी पनि गर्दै गरेको बताउनु भयो ।

यता काम पनि सिक्दै उता बजारमा काम गरेर आमदानी पनि गरीरहेको बताउनु भयो । साथै आगामी दिनमा आफुहरुलाई एडभान्स लेबलको तालिमको आयोजना गरिदिन उहाँले पालिकालाई आग्रह पनि गर्नुभयो ।

तालिम सफलतापूर्वक सम्पन्न गरी आवश्यक ज्ञान, सीप र दक्षता हासिल गरेका सहभागीहरूलाई समापन समारोहमा प्रमाणपत्र प्रदान गरिएको थियो ।

नगरपालिकाले यस्ता सीपमूलक तालिमहरूले युवाहरूलाई स्वरोजगार तथा रोजगारीका अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

सम्बन्धित

Comments are closed.