कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रिमतीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा श्रीमतीको कुटपिटपछि मृत्यु भएको छ भने श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा ४५ वर्षीय रनबहादुर सुनारले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरेका थिए ।

कुटपिटमा घाइते भएकी उनको दोधाराचाँदनी अस्पतालमा उपचार गरिएको थियो । बुुधबार मात्र अस्पतालबाट डिस्चार्ज भएकी पारुको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको मृत्युपछि श्रीमान रनबहादुरलाई इलाका प्रहरी कार्यालय दोधाराले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित

Comments are closed.