महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले विपद्का समयमा सर्वसाधारणको उद्धार कार्यलाई प्रभावकारी र सहज बनाउन सुरक्षा निकायलाई उद्धार सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाल , मझगाउँलाई रबर बोट, हेल्मेट, लाइफ ज्याकेट, डोरी लगायतका विपद् उद्धारमा आवश्यक सामग्री हस्तान्तरण गरेको हो ।

उक्त हस्तान्तरण कार्यक्रममा भीमदत्त नगरपालिका कावा नगर प्रमुख निलम लेखकको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी मदन कोईरालाको प्रमुख आतिथ्यमा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश बहादुर बम, नेपाल प्रहरी कञ्चनपुर प्रहरी प्रमुख नेत्रमणी गिरी, शसस्त्र प्रहरी नेपालका प्रमुख एसपी प्रेम सिग्देल, भीमदत्त नगरपालिका विपद सम्पर्क व्यक्ती मनोज प्रशाद भट्ट, डिपिनेट नेपालका केन्दिय सदस्य एवम निड्स नेपालका कार्यक्रम संयोजक इश्वर उपाध्यायको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो

भीमदत्त नगरपालिका विपद सम्पर्क व्यक्ती मनोज प्रशाद भट्टले विपद् व्यवस्थापनमा सुरक्षा निकायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै समयमै आवश्यक उद्धार सामग्री उपलब्ध गराउँदा बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्का घटनामा नागरिकको शीघ्र उद्धार गर्न सहज हुने भएकाले यी सम्पुर्ण सामग्रीहरु सहयोग गरिएको बताउनु भयो ।
विगतका दिन पनि उद्धार सामग्रीहरु पालिकाले सुरक्षा निकायलाइृ सहयोग गर्दै आइृरहेको बताउदै अहिले पनि यी सामग्री हस्तान्तरण गरीएका्े जानकारी गराउनु भयो ।
कार्यक्रमलाइृ सम्बोधन गर्दै भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख लेखकले भीमदत्त नगरपालिका नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर विपद् पूर्वतयारीका कार्यक्रमलाई निरन्तर अगाडि बढाइरहेको बताउनु भयो ।
बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्का समयमा उद्धार कार्यलाई छिटो, प्रभावकारी र सुरक्षित बनाउने उदेश्यले यो सामग्रीहरु सहयोग गरिएको बताउनु भयो ।
स्थानीय सरकार र सुरक्षा निकायबीचको सहकार्यबाट विपद्को समयमा जनधनको क्षति न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग पुग्ने हाम्रो विश्वास रहेको जानकार िगराउनु भयो ।
आगामी दिनमा पनि विपद् व्यवस्थापनका लागि आवश्यक स्रोत–साधनको व्यवस्था गर्दै नागरिकको जीवन रक्षामा नगरपालिका सदैव प्रतिबद्ध रहने उदघोष गर्नुभयो ।
सशस्त्र प्रहरी बलका प्रतिनिधिले प्राप्त सामग्रीले विपद् उद्धार तथा खोज–उद्धार कार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने बताउँदै नगरपालिकाप्रति आभार व्यक्त गरे।
भीमदत्त नगरपालिकाले आगामी दिनमा पनि विपद् पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनलाई थप सुदृढ बनाउँदै नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ ।
Comments are closed.