डोटीबाट ब्राउन सुगर लिन आएका युवक बेलौरीमा पक्राउ

महेन्द्रनगर । बेलौरीमा लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छ्न । सोमबार राती बेलौरी नगरपालिका – १० सडकघाटबाट १।५५ ग्राम ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा डोटिको बडिकेदार गाउँपालिका १ बस्ने २८ वर्षिय सुदिप बम र ४ नम्बर वडा बस्ने २९ वर्षिय बसन्त मौनी रहेका छ्न ।

प्रहरी चौकी भुडा र ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले उनलाई सडकघाटको आधारभुत विद्यालय नजिकबाट पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार उनिहरु ब्राउन सुगरलिन सडकघाट नजिकैको टिल्ला नम्बर ४ पुगेका थिए । त्यहीँ बाट नेपाल आउदै गर्दा उनिहरुको साथमा ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ ।

उनिहरुको साथबाट टु ट्वान्टी पल्सर बाइक समेत बरामद गरिएको छ । अहिले उनीहरुलाई ईलाका प्रहरी कार्यालय बेलडाडीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.