पानीका लागि न्यायकोष अन्तर्गत संयुक्त सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

महेन्द्रनगर ।कञ्चनपुरमा सञ्चालित पानीका लागि न्यायकोष कार्यक्रमअन्तर्गत संयुक्त सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । वाटर एडको आर्थिक सहयोग तथा निड्स नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा संस्थाकी सहसचिव कुमारी दुर्गा मल्लको सभापतित्व रहेको थियो ।

कार्यक्रममा भीमदत्त नगरपालिका–१३ का वडा अध्यक्ष रामचन्द्र बोहरा, दोधारा–चाँदनी नगरपालिका–९ का वडा अध्यक्ष गोपीलाल कँडेल , भीमदत्त नगरपालिकाका विपद् सम्पर्क व्यक्ति मनोजप्रसाद भट्ट, दोधारा–चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा भीमदत्त नगरपालिका–९, ११, १२ र १३ तथा दोधारा–चाँदनी नगरपालिका–९ का महिला सशक्तीकरण केन्द्रमा आबद्ध महिलाहरूको सहभागिता रहेको थियो । कार्यक्रममलाइृ परियोजनाकी सहजकर्ता मञ्जु चौधरीले गर्नु भएको थियो । कार्यक्रममा विगत छ महिनादेखि पानीका लागि न्यायकोष कार्यक्रममार्फत सञ्चालन गरिएका गतिविधि, प्राप्त उपलब्धि, सिकाइ तथा व्यवहारमा आएको परिवर्तनबारे समीक्षा गरिएको थियो ।

साथै सुरक्षित खानेपानीको महत्व, कुन पानी पिउन योग्य हुन्छ, पानीलाई कसरी शुद्धीकरण गरी प्रयोग गर्ने तथा सरसफाइ र जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा सहभागीहरूले आफ्ना अनुभव र सिकाइ आदानप्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै परियोजना संयोजक पूजा पनेरुले विगत छ महिनामा कार्यक्रमबाट समुदायले हासिल गरेका सिकाइ, व्यवहारमा आएको सकारात्मक परिवर्तन तथा सुरक्षित पानी, सरसफाइ, जलवायु परिवर्तन र पानी शुद्धीकरणका प्रभावकारी विधिबारे जानकारी आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

यसैगरी, सहभागी भीमदत्त नगरपालिका १३ रामानुज महिला सशक्तिकरण केन्द्रका समुह सहजकर्ता कविता लुहारले विगतमा आफुहरुले जहाँपायो त्यहीको पानीको प्रयोग गर्ने, बाढी आउँदा पनि डुबान हुँदा हातेनल्काको पानी खाने गरेको भएपनि अहिले हाते नल्कालाई शुद्ध गरेर मात्रै पानी पिउने गरेको बताउनु भयो ।

पानीलाई घाममा राखेर, पानीलाइृ शुद्ध पार्ने विभिन्न ओषधीको प्रयोग गरेर पान िपिउने गरेको बताउनु भयो । कार्यक्रममा सहभागीहरूले सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्दै समुदायमा पानी न्याय सुरक्षित खानेपानी, सरसफाइ र स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउनुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित

Comments are closed.