कञ्चनपुरका अधिकाँश ठाउँमा मुसलधारे वर्षाको सम्भावना
महेन्द्रनगर ।कञ्चनपुरका धेरै ठाउँमा आज सावन १८ गते मंगलवार पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भेगका एक–दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।
राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेग तथा मधेश प्रदेशको एक–दुई ठाउँमा ठूलो सम्भावना रहेको महाशाखाले जनाएको छ । अरु ठाउँका हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मुसलधारे वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी सूचनाबारे नियमित अद्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ ।
Comments are closed.