कञ्चनपुरमा ३२औँ विश्व आदिवासी जनजाति दिवसमा सबैले सहभागिता जनाउन आग्रह

महेन्द्रनगर । । कञ्चनपुरमा श्रावण २४ गते ३२औँ विश्व आदिवासी जनजाति दिवस मनाइने भएको छ । उक्त दिवसमा सबै समुदयाले सहभागिता जनाउन हाग्ह गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरको आयोजनामा दिवसलाई भव्य र व्यवस्थित रूपमा मनाउने निर्णय गरेको छ ।उक्त कार्यक्रमको प्रमुख अतिथिमा माननीय सामाजिक विकास मन्त्री बेल बहादुर रानामगर रहने कार्यक्रम रहेको छ ।

दिवसको कार्यक्रम, व्यवस्थापन, प्रचारप्रसार तथा विभिन्न तयारीका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा जिल्लाभरका आदिवासी जनजाति समुदाय, विभिन्न जातीय संस्थाका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता सुनिश्चित गर्ने विषयमा पनि सहमति भएको जनाएको छ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरका जिल्ला अध्यक्ष बिकास श्रेष्ठले यो दिवसमा आदिवासी जनजात िसमुदायले आफनो पहिरनसहित आफनो पहिचान कला संस्कृती बोकेका झाकी, नृत्यसहित सहभागीको लागी आग्रह गर्नु भएको छ ।

बैठकले दिवस सफल बनाउन आवश्यक तयारीलाई तीव्रता दिने निर्णय गरेको छ। यद्यपि, कार्यक्रमका प्रमुख अतिथि भने अर्को बैठकबाट टुङ्गो लगाइने निर्णय गरिएको आयोजकले जनाएको छ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरका जिल्ला अध्यक्ष बिकास श्रेष्ठ का अनुसार दिवसका अवसरमा र्‍याली, सांस्कृतिक प्रस्तुति, शुभकामना आदानप्रदान तथा आदिवासी जनजातिको भाषा, संस्कृति, पहिचान र अधिकारसँग सम्बन्धित विभिन्न कार्यक्रम आयोजना गरिनेछ।

विश्व आदिवासी जनजाति दिवस प्रत्येक वर्ष अगस्ट ९ का दिन विश्वभर मनाइँदै आएको छ। नेपालमा पनि यस दिवसलाई विभिन्न कार्यक्रममार्फत मनाउने परम्परा रहेको छ।

सम्बन्धित

Comments are closed.