महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारी शिक्षा तथा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।सोमबार एक कार्यक्रमको आयोजना गर्दै संस्थाले भीमदत्त नगरपालिकामा रहेका समूहका महिला शेयर सदस्यहरूको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमको सभाध्यक्षमा शेयर सदस्य ज्याती भण्डार िरहनु भएको थियो भने, प्रमुख अतिथमिा भीमदत्त नगरपालिका ४ का अध्यक्ष शुशिल भट्ट रहनु भएको थियो । कार्यक्रममा महिला शेयर सदस्यहरूलाई सहकारीको उद्देश्य, महत्व, सदस्यको भूमिका तथा सहकारीमार्फत आर्थिक तथा सामाजिक विकासमा गर्न सकिने योगदानका विषयमा जानकारी गराइएको थियो ।

साथै, नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजको अवसरमा महिला शेयर सदस्यहरूबीच तीज मिलन तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टले सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई आर्थिक रूपमा सबल बनाउन सहकारी शिक्षा तथा सचेतनामूलक कार्यक्रम अपरिहार्य रहेको बताउनुभयो।
उहाँले महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै शेयर सदस्यहरूलाई संस्थाको गतिविधिमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।
कार्यक्रमले महिला शेयर सदस्यहरूबीच आपसी सद्भाव, सहकार्य र एकताको भावना विकास गर्न सहयोग पुग्नुका साथै सहकारीप्रतिको बुझाइ थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।
यस्तै गरी, भिमदत्त नगरपालिका शाखा प्रमुख पदमसिंह खडका शेयर धनी सदस्यहरुलाई उहाँहरुको बचत रिण कारोबारको जानकारी र रिणको सही सदुपयोग गर्नका लागी सहकारी शिक्षा प्रदान गरीएको बताउनु भयो ।
४१ वटा शाखामा यसैगरी कार्यक्रमहरुको आयोजना गरीने र उत्कृष्ट टिकटक बनाउने शेयर सदस्यहरुलाई नगद रकम पनि उपलब्ध गरीने बताउनु भयो ।
भीमदत्त शाखामा १२५ सेन्टर रहेको र २२ सय जना शेयर सदस्यहरु रहेको बताउनु भयो । साथै २ हजार शेयर सदस्यले रिण निकालेर व्यवसाय संचालन गरेको बताउनु भयो ।
धनगढीमा रहेको निशर्ग अस्पताल संंगको समन्वयमा उपचार गर्न जाने शेयर सदस्यहरुलाई उपचारमा छुटको व्यवस्था पनि गरीएको बताउनु भयो ।
Comments are closed.