दोधारा चाँदनी नगरपालिकामा पालिका स्तरीय समन्वयात्मक बैठक सम्पन्न

महेन्द्रनगर । सामाजिक संस्था पेसवानले दोधारा चाँदनी नगरपालिकामा पालिका स्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ। Australian Aid को आर्थिक सहयोग तथा Plan International Nepal को साझेदारीमा सञ्चालित Resilient Future: Ending Child Marriage  परियोजनाअन्तर्गत उक्त कार्यक्रमको आयोजना गरीएको थियो ।

बैठकमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका शाखा प्रमुखहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रतिनिधिहरू, विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरू तथा किशोरी क्लबका अध्यक्ष लगायतको सहभागिता रहेको थियो।

बैठकमा परियोजनाले बालविवाह न्यूनीकरण तथा रोकथामका लागि समुदायस्तरमा महत्वपूर्ण र प्रभावकारी कार्य गर्दै आएको सहभागीहरूले धारणा व्यक्त गरेका थिए।

परियोजनामार्फत सञ्चालन भइरहेका सचेतनामूलक तथा समुदायकेन्द्रित गतिविधिहरूले बालविवाहविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको उल्लेख गर्दै सहभागीहरूले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

सम्बन्धित

Comments are closed.