महेन्द्रनगर । कञ्चनपुर को भीमदत्त नगरपालिका–९, खल्ला मुसेटीमा नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले नयाँ विद्युत लाइन विस्तार गरी आजदेखि विद्युत सेवा पुनः सञ्चालनमा ल्याएको छ।
विद्युत सेवा सञ्चालनमा आएको जानकारी नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका वितरण प्रमुख सन्तोष श्रेष्ठले दिनुभएको हो।
महाकाली करिडोर निर्माणका क्रममा पुरानो विद्युत लाइन महाकाली नदीको बीच भाग हुँदै जाने अवस्था बनेपछि उक्त लाइन सारिएको थियो। त्यसपछि खल्ला मुसेटी क्षेत्रमा विद्युत सेवा प्रभावित हुँदै आएको थियो।
समस्या समाधानका लागि कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र सिंह महताले नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय तथा सम्बन्धित निकायलाई तत्काल नयाँ लाइन विस्तार गरी विद्युत सेवा व्यवस्थित गर्न आग्रह गर्नुभएको थियो।
विद्युत प्राधिकरण महेन्द्रनगर शाखा का केही कर्मचारी ले लाइन विस्तार गर्न विभिन्न कारण देखाएर ढिला सुस्ती गरेपछि सो कार्यालय मा नयाँ शाखा प्रमुख आएका थिए ।
गत असार पहिलो साता नयाँ शाखा प्रमुख ,प्रमुख जिल्ला अधिकारी , विद्युत प्राधिकरण महेन्द्रनगर का प्राविधिक टोली सहित सांसद् महता वस्तु स्थिती बुझ्न अनुगमनमा गएका थिए ।
सांसद महताको पहलपछि नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले नयाँ लाइन विस्तारको काम अघि बढाएको हो। नयाँ लाइन सञ्चालनमा आएसँगै खल्ला मुसेटीका स्थानीयवासीले नियमित विद्युत सेवा पाउने भएका छन्।
सेवा सुचारु गर्न सांसद महता पहल सँगै सुरक्षा निकाय ,तथा स्थानीय को समेत सहयोगी भूमिका रहेको छ ।
विद्युत सेवा पुनः सञ्चालनका लागि पहल तथा समन्वय गर्ने नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्र, वितरण प्रमुख सन्तोष श्रेष्ठ लगायत सम्पूर्ण प्राविधिक तथा कर्मचारीहरूलाई खल्ला मसेटी का स्थानीयले धन्यवाद व्यक्त गरिएका छन् १
शुक्लाफाँटा खबर
6992 posts
Comments are closed.