विजड्म किड्सद्वारा रसुवाका बाढी पिडितलाई आर्थिक सहयोग

महेन्द्रनगर । कञ्चनपुरमा रहेको विजडम किड्स मन्टेस्वरीले भोटेकोशीमा आएको बाढी पिडितलाई आर्थिक सहयोग गरेको छ । भोटेकोशीमा आएको बाढीले विपदमा परेका परिवारको पीडामा मलहम लगाउने उद्देश्यले विजड््म किड्स महेन्द्रनगरका विधार्थी, शिक्षिक,शिक्षिका, कर्मचारीहरुले उठाएको नगद २१ हजार रुपैँया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

बालबालिकाले रक्षाबन्धनमा पाउने दक्षिणाबाट सहयोग गरेका छन्। रक्षाबन्धनमा आफन्त तथा परिवारबाट प्राप्त दक्षिणाबाट प्रत्येक विद्यार्थीले रु। १०० छुट्याएर रसुवामा हालै आएको विपत्तिबाट प्रभावित परिवारका लागि सहयोग गरेका हुन्।

आफ्नो खुसीका लागि खर्च गर्न सकिने रकमबाट अरूको दुःखमा साथ दिने बालबालिकाको यो पहलले मानवता र सामाजिक उत्तरदायित्वको सुन्दर सन्देश दिएको छ। विद्यालयकी संस्थापक तथा प्रिन्सिपल नीलम गुरुङले बालबालिकाले आफूले पाएको दक्षिणाबाट सहयोग गर्ने निर्णय आफैंमा महत्वपूर्ण मानवीय शिक्षा भएको बताइन्।

“हामीले नानीहरूलाई किताबमा मात्र मानवता पढाएर पुग्दैन, व्यवहारबाटै सिकाउनुपर्छ। रक्षाबन्धनमा पाएको दक्षिणाबाट आफ्नो खुसीका लागि खर्च गर्नुको सट्टा विपत्तिमा परेका परिवारलाई सहयोग गर्ने उनीहरूको सोचप्रति हामी गर्व गर्छौँ।

सानो रकम भए पनि यसमा जोडिएको भावना निकै ठूलो छ।” उृनले भनिन, बालबालिकाहरूले पनि आफूले रक्षाबन्धनमा पाएको दक्षिणाबाट सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन्। एक विद्यार्थीले भने, “दक्षिणाबाट केही पैसा हामीले आफ्नो लागि राख्न सक्थ्यौँ, तर दुःखमा परेका मानिसलाई सहयोग गर्दा अझ खुसी लाग्छ।” अर्का विद्यार्थीले भने, “हाम्रो रु। १०० सानो सहयोग हो,

तर धेरै जनाले सहयोग गर्दा ठूलो रकम बन्छ। हामीले पाएको दक्षिणाबाट अरूलाई सहयोग गर्न पाउँदा गर्व लागेको छ।” विजडम किड्सले यस अभियानलाई आर्थिक सहयोगमा मात्र सीमित नराखी बालबालिकालाई बाँडचुँड, सहानुभूति, सहयोग र मानवताको व्यवहारिक पाठ सिकाउने अभियानका रूपमा अघि बढाएको जनाएको छ।

“साना हात, ठूलो सहयोग” भन्ने भावनासहित अघि बढेको यो पहलले रक्षाबन्धनको दक्षिणालाई केवल व्यक्तिगत खुसीको माध्यम नभई विपत्तिमा परेकाहरूको जीवनमा आशा बाँड्ने माध्यमसमेत बनाउन सकिने सन्देश दिएको छ।

सम्बन्धित

Comments are closed.