बाढीपीडितलाई समाजसेवी मदन चन्दद्वारा १५ हजार रुपैयाँ सहयोग

महेन्द्रनगर । मद्यपान तथा लागुऔषधविरुद्धका अभियन्ता मदन चन्दले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारका लागि आर्थिक सहयोग गर्नुभएको छ।

चन्दले आफ्ना नातीहरू देवान्स चन्द र आर्यन चन्द ठकुरीले जम्मा गरेको रकममा आफूले समेत केही रकम थप गरी नगद १५ हजार रुपैयाँ प्रधानमन्त्री विपद् राहत कोषमा सहयोग गर्नुभएको हो।

नाती देवान्स चन्दको पास्नीमा संकलन भएको दक्षिणा तथा अर्का नाती आर्यन चन्द ठकुरीले जम्मा गरेको रकममा आफूले समेत केही रकम थपेर बाढीपीडितलाई सहयोग गरिएको चन्दले बताउनुभयो।

बाढीबाट प्रभावित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले आफूले सानो रकम भए पनि सहयोग गरेको उहाँको भनाइ छ। उहाँले विपद्को समयमा सबैले आ–आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

सम्बन्धित

Comments are closed.