महेन्द्नगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा रहेको ओसिस मन्टेस्वरीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारका लागि आर्थिक सहयोग गरेको छ ।
विपद्को समयमा पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले विद्यालयका शिक्षिका तथा साना नानीबाबु विद्यार्थीहरूले २१ हजार १ सय ११ रुपैँया नगद रकम संकलन गरी सहयोग गरेका हुन् ।
विद्यालयका शिक्षिका विद्यार्थीहरूबाट रकम उठाएर बाढी प्रभावितलाई सहयोग गरेको जनाएको छ ।
ओसिस मन्टेस्वरीकी संस्थापक तथा प्रिन्सिपल सविना भट्टले विपद्का बेला आफूहरूले गरेको सानो सहयोगले प्रभावित परिवारलाई केही राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो ।
उहाँले विपद्को समयमा सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिँदै साना बालबालिकादेखि शिक्षकसम्मले सहयोगमा हातेमालो गर्नु सकारात्मक भएको बताउनुभयो ।
Comments are closed.