स्वर्गीय बुवाको स्मृतिमा विनय प्रकाश मल्लद्वारा ९२ हजार २ सय सहयोग

महेन्द्रनगर । डडेल्धुराको अमरगढी नगरपालिका–४, तल्लो खलंगा निवासी तथा हाल जापानमा रहनुभएका समाजसेवी विनय प्रकाश मल्लले आफ्ना स्वर्गीय बुवाको स्मृतिमा विभिन्न सामाजिक तथा मानवीय कार्यका लागि आर्थिक सहयोग गर्नुभएको छ।

स्वर्गीय बुवाको २३औँ पुण्यतिथिको अवसर पारेर मल्लले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो।

यसैगरी, डडेल्धुराका विभिन्न आमा तथा महिला समूहलाई समेत गरी ४२ हजार २ सय रुपैयाँ सहयोग गरिएको छ। अमरगढी नगरपालिका–३ स्थित श्री असिग्राम आमा समूहलाई विशेष प्रयोजनका लागि २९ हजार रुपैयाँ र गुजुल्लेक टोल महिला समूहलाई ११ हजार २ सय रुपैयाँ सहयोग हस्तान्तरण गरिएको जनाइएको छ।

यसरी बाढी प्रभावितका लागि ५० हजार र विभिन्न आमा तथा महिला समूहका लागि ४२ हजार २ सय रुपैयाँ गरी मल्लले कुल ९२ हजार २ सय रुपैयाँ सहयोग गर्नुभएको हो।

विपद्को यस घडीमा आफ्नो मानवीय दायित्व पूरा गर्ने उद्देश्यले स्वर्गीय बुवाको स्मृतिमा सहयोग गरेको समाजसेवी मल्लले जानकारी दिनुभएको छ।

उहाँले व्यक्तिगत तथा पारिवारिक अवसरलाई सामाजिक सेवासँग जोड्दै विपद्मा परेका नागरिकलाई सहयोग गर्न पाउँदा आफूलाई सन्तुष्टि मिलेको बताउनुभएको छ।

सम्बन्धित

Comments are closed.