महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा आगलागी भएको छ । भिमदत्त नगरपालिका ४ निवासी मोहन विष्टको रेष्टुरेन्टमा बुधवार दिउँसो आगलागी भएको हो।

भीमदत्त नगरपालिका–४ स्थित गल्ली नम्बर ४ मा रहेको एमडी रेष्टुरेन्टमा आगलागी हुँदा अहिले प्रारम्भिक जानकारी अनुसार ३५ लाख भन्दा बढीको क्षती भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभएको छ ।
विदुतको लाईन सर्ट भएपछि आगलागी भएको हुन सक्ने उहाँले बताउनुु भयो । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा भीमदत्त नगरपालिकाको दमकल टोली परिचालन गरिएको थियो।
सुरक्षाकर्मी र दमकलको संयुक्त प्रयासमा आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट भएको एकिन क्षतिको विवरण तथा आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको छ। आगलागीबाट रेष्टुरेन्टमा रहेका सम्पुर्ण सामानहरुमा क्षती भएको छ ।
Comments are closed.