महाकाली मोडर्न पब्लिक स्कुलका विद्यार्थीलाई प्रहरी कार्यालयको अध्ययन भ्रमण

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ मा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई अध्ययन भ्रमण गराएको छ । विद्यालयले शुक्रबार विद्यार्थीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा लगेर प्रहरी कार्यालयबाट प्रदान गरिने सेवा–सुविधा तथा प्रहरीका विभिन्न कार्यसम्पादनका विषयमा जानकारी गराएको हो ।

अध्ययन भ्रमणका क्रममा विद्यार्थीहरूले प्रहरी कार्यालयको कार्यप्रणाली, नागरिकलाई प्रदान गरिने सेवा, शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिकाबारे जानकारी लिएको संस्थापक प्रिन्सिपल दिजराज भट्टले जानकारी दिनुभयो । साथै, विभिन्न घटनामा प्रहरीले गर्ने अनुसन्धान र समन्वयका विषयमा र विद्यार्थीहरूलाई व्यवहारिक तथा प्रत्यक्ष ज्ञान प्रदान गर्ने उद्देश्यले अध्ययन भ्रमणको आयोजना गरिएको उहाँले बताउनु भयो ।

कक्षाकोठामा अध्ययन गरेका विषयवस्तुलाई व्यवहारिक रूपमा बुझ्न तथा प्रहरी प्रशासन र समुदायबीचको सम्बन्धबारे जानकारी हासिल गर्न भ्रमण प्रभावकारी भएको विद्यालयको भनाइ छ ।

कक्षा १२ मा अध्धयनरत छात्रा पुर्णिमा कार्कीले आफुहरुले प्रहरी कार्यालयले दिने सेवा सुविधाको बारेमा जानकारी पाएको र यस्तो कार्यक्रमको आयोजना गर्ने विद्यालयलाई धन्यवाद व्यक्त गरेका छन् ।

भ्रमणका क्रममा विद्यार्थीहरूले प्रहरी कार्यालयका विभिन्न शाखा तथा सेवाबारे जानकारी लिनुका साथै प्रहरी कर्मचारीसँग अन्तरक्रियासमेत गरेका थिए ।

विद्यालयले यस्ता अध्ययन भ्रमणले विद्यार्थीहरूको ज्ञान, अनुभव र सामाजिक जिम्मेवारीबोध बढाउन सहयोग पुग्ने जनाएको छ ।

सम्बन्धित

Comments are closed.