महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ पटराखल्ला बस्तीमा बाढीको जोखिम बढ्दै गएपछि पटरा खल्ला बस्तीका स्थानियहरुले अपांग, जेष्ठ नागरिक, गर्भवती लगाएत आवश्यक सामग्री सुरक्षित स्थानमा सारिएको छ् ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते देखि ११ गते सम्म हावाहुरी संगै भारी वर्षा हुने जानकारी दिए संग पटरा खल्ला बस्तीमा बाढी त्रास बढेर गएको हो ।
जनप्रतिनिधी, सशस्त्र प्रहरी, नगर प्रहरीको सहयोगमा पटराखल्ला बस्तीका अपांग, जेष्ठ नागरिक, गर्भवती लगाएत आवश्यक सामग्री सुरक्षित स्थानमा सार्न थालिएको लक्ष्मी देबी बुढाले बताउनुभयो ।
भारतको सिमा संग जोडिएको जगबुडा नदीको छेउमा रहेको पटरा खल्ल्ला बस्तीमा बिगतमा जगबुडा नदीको भंगलो बस्तीमा पसेर ठुलो धनजनको क्षती बनाउदै आएको हो ।
बिगतमा दिनहरुमा बाढीले गर्दै समस्यालाई मध्यनजर राख्दै बाढीको पुर्व तयारी अनुसार बस्तीमा रहेका अपांग, जेष्ठ नागरिक, गर्भवती लगाएत आवश्यक सामग्री नजिकै रहेको जमुना आधारभुत बिद्यालयमा सार्न थालिएको स्थानियबासी लक्ष्मी देबी बुढाले बताउनुभएको छ् । पटराखल्ला बस्तीमा ३० घरपरिवार बसोबास गर्छन् ।
बिगतका दिनहरुम बस्तीमा जगबुडा नदीमा आएको बाढी पसेपछि उनिहरु नजिकै रहेको जमुना आधारभुत बिद्यालयमा आश्रय लिने गर्दछन् ।
Comments are closed.