कांग्रेसको १५औँ महाधिवेशन पूर्वतयारीः कञ्चनपुर(२ का ३० वडामा प्रतिनिधि खटाइए

महेन्द्रनगर। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको पूर्वतयारीका लागि कञ्चनपुर क्षेत्र नं। २ का ३० वडामा प्रतिनिधि खटाइएको छ। कांग्रेसको नियमित अधिवेशन पक्षधरले असोज १५ गतेका लागि तय गरेको वडा अधिवेशन सम्पन्न गर्न बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका वडाहरुमा पार्टीका जिल्ला, प्रदेश, क्षेत्रीय तथा स्थानीय तहका नेता(कार्यकर्तालाई प्रतिनिधिका रूपमा जिम्मेवारी दिइएको हो।
बेदकोट नगरपालिकाका वडा नं। १ मा नगर सचिव पवन नेपाली, वडा नं। २ मा सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य डम्बरराज जोशी, वडा नं। ३ मा महासमिति सदस्य लालबहादुर राना र वडा नं। ४ मा प्रदेश सदस्य शिरोमणि ओझालाई प्रतिनिधिको जिम्मेवारी दिइएको छ।
त्यस्तै, वडा नं। ५ मा नगर उपसभापति भोजराज भट्ट, वडा नं। ६ मा जिल्ला कोषाध्यक्ष पवनविक्रम सिंह, वडा नं। ७ मा महासमिति सदस्य देवकी जोशी, वडा नं। ९ मा अनिता मडै र वडा नं। १० मा प्रदेश सभा ‘ख’ सदस्य भरत रोकायालाई प्रतिनिधि खटाइएको छ।
शुक्लाफाँटा नगरपालिकाको वडा नं। १ मा नगर सचिव हरेन्द्र भण्डारी, वडा नं। २ मा महासमिति सदस्य दुर्गाप्रसाद भट्ट, वडा नं। ३ मा वडा नं। ६ का सभापति सुग्रीव राना तथा वडा नं। ४ मा विमला सार्की र भुमा चन्दलाई प्रतिनिधि तोकिएको छ।
वडा नं। ५ मा महाधिवेशन प्रतिनिधि कल्पना पन्त, वडा नं। ६ मा प्रदेश ‘क’का सचिव नवराज पन्त, वडा नं। ७ मा उपसभापति उत्तमराज भट्ट, वडा नं। ८ मा जिल्ला सदस्य रमेशबहादुर ऐर र वडा नं। ९ मा प्रदेश सदस्य ज्ञानेन्द्रबहादुर सिंहलाई प्रतिनिधिको जिम्मेवारी दिइएको छ।
यसैगरी, शुक्लाफाँटाको वडा नं। १० मा पूर्वमहासमिति सदस्य सिद्धराज भट्ट, वडा नं। ११ मा नगर सभापति दानसिंह ऐर र वडा नं। १२ मा सुदूरपश्चिम प्रदेश सहमहामन्त्री चिन्तामणि भट्टलाई प्रतिनिधि बनाइएको छ।
कृष्णपुर नगरपालिकाको वडा नं। १ मा क्षेत्रीय कार्यसमिति कोषाध्यक्ष भक्तबहादुर खत्री, वडा नं। २ मा जिल्ला सदस्य दिलबहादुर देउवा र वडा नं। ३ मा प्रदेश सभा ‘क’का सचिव लालबहादुर धामीलाई प्रतिनिधिको जिम्मेवारी तोकिएको छ।
त्यस्तै, वडा नं। ४ मा प्रदेशसभा सदस्य द्रोपति राना, वडा नं। ५ मा जिल्ला सदस्य टेकबहादुर बिष्ट, वडा नं। ६ मा महाधिवेशन प्रतिनिधि गिता चौधरी, वडा नं। ७ मा प्रदेशसभा सदस्य टेक पाण्डेय, वडा नं। ८ मा नगर सभापति विष्णु खड्का र वडा नं। ९ मा जिल्ला सचिव हेमराज ओझालाई प्रतिनिधिका रूपमा खटाइएको छ।

सम्बन्धित

Comments are closed.