धनगढीमा एक्सट्रीम एनर्जी ड्रिङ्क्सको एनपीएल फ्यान जोन, खेल निःशुल्क हेर्न पाइने

धनगढी — क्रिकेटप्रेमी दर्शकलाई नेपाल प्रिमियर लिग (एनपीएल) को रोमाञ्चक माहोलमा रमाउन अवसर प्रदान गर्ने उद्देश्यले धनगढीमा एक्सट्रीम एनर्जी ड्रिङ्क्सको एनपीएल फ्यान जोन सञ्चालन हुने भएको छ ।

धनगढीस्थित कभर्ड हल नजिकै रहने फ्यान जोनमा क्रिकेटप्रेमीले विशाल स्क्रिनमार्फत एनपीएलका सबै खेल निःशुल्क हेर्न पाउनेछन् । खेलको प्रत्यक्ष प्रसारणसँगै दर्शकले साथीभाइसँग बसेर आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्दै क्रिकेटको उत्सव मनाउन सक्नेछन् ।

फ्यान जोनमा खेल हेर्नुका साथै विभिन्न रमाइला इन्टरएक्टिभ गेम, गिभअवे, सरप्राइज उपहार तथा विशेष अवसरमा लाइभ कन्सर्टको समेत व्यवस्था गरिने जनाइएको छ । यसले क्रिकेटप्रेमीलाई खेलको रोमाञ्चसँगै मनोरञ्जनको थप अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

एनपीएलका खेललाई सामूहिक रूपमा हेर्ने, समर्थकबीच उत्साह र एकता बढाउने तथा क्रिकेटको माहोललाई थप रोमाञ्चक बनाउने लक्ष्यसहित फ्यान जोनको अवधारणा अघि सारिएको हो ।

धनगढीमा रहेका क्रिकेटप्रेमीले कभर्ड हल नजिकैको एक्सट्रीम एनर्जी ड्रिङ्क्स एनपीएल फ्यान जोनमा पुगेर निःशुल्क रूपमा खेल हेर्न तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुन सक्नेछन् ।

सम्बन्धित

Comments are closed.