महेन्द्रनगर । कञ्चनपुरमा भूमि सम्बन्धी कानुनी व्यवस्था, नीति तथा हालै गरिएको संरचनागत पुनर्संरचनाका विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । निड्स नेपालले संचालन गरेको सुरक्षित आवास कार्यक्रम अन्तरगत सञ्चालन गरिएको उक्त कार्यक्रममा भूमि सम्बन्धी विद्यमान कानुनी व्यवस्था, नीतिगत प्रावधान, भूमि समस्या समाधानका लागि भएका प्रयास तथा हालैको संरचनागत पुनर्संरचनाबारे जानकारी गराइएको थियो ।

भूमि समस्या समाधान समिति सदस्य सचिव तथा नापी कार्यालय कञ्चनपुरका प्रमुख जनकराज भट्टको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा भूमि समस्या समाधान समितिका केन्द्रीय सदस्य डा. रेहना श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
त्यसैगरी, विशिष्ट अतिथिका रूपमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कानुन अधिकृत राजकुमार झा तथा निड्स नेपालकी तारा देवी धामीको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू अञ्जु भट्ट र विमला शाह, जिल्लाका नौवटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा भूमि शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा भूमि सम्बन्धी कानुनी व्यवस्था र नीतिगत विषयमा स्थानीय तहका कर्मचारी तथा सरोकारवालाहरूलाई जानकारी गराउँदै भूमि समस्या समाधानका लागि अपनाउनुपर्ने प्रक्रिया, जिम्मेवारी र संस्थागत समन्वयका विषयमा छलफल गरिएको थियो । प्रमुख अतिथी एवम भूमि समस्या समाधान समितिका केन्द्रीय सदस्य डा. रेहना श्रेष्ठले भुमिहिनहरुको समस्या चाडो भन्दा चाडो समाधान गर्ने प्रक्रियामा रहेको बताउनु भयो ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न समिति गम्भीरतापूर्वक अघि बढिरहेको र लामो समयदेखि जग्गाधनी पुर्जा प्राप्त गर्न नसकेका नागरिकको समस्या चाँडोभन्दा चाँडो समाधान गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको बताउनु भयो ।
भूमि सम्बन्धी समस्या समाधानका लागि कानुनी तथा नीतिगत व्यवस्थालाई स्पष्ट बनाउँदै संरचनागत पुनर्संरचनामार्फत कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रयास भइरहेको छ । यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य आवश्यक छ ।
स्थानीय तहले भूमिहीन तथा अव्यवस्थित बसोबासीको वास्तविक विवरण संकलन र प्रमाणीकरणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।भूमि समस्या समाधान प्रक्रियालाई छिटो, पारदर्शी र व्यवस्थित बनाउँदै वास्तविक भूमिहीन नागरिकलाई न्यायोचित रूपमा जग्गाको स्वामित्व प्रदान गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो ।
सुरक्षित आवास कार्याक्रमका कार्यक्रम संयोजक सरस्वती पुरी बमले भूमि सम्बन्धी समस्या समाधानलाई प्रभावकारी बनाउन स्थानीय तह, सम्बन्धित सरकारी निकाय तथा सरोकारवाला संस्थाबीच आवश्यक समन्वय र सहकार्य गरीएको बताउनु भयो ।
अभिमुखीकरणले भूमि प्रशासनसँग सम्बन्धित कामलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको उहााको भनाइृ रहेको छ ।
Comments are closed.