महेन्द्रनगर । पेशवान र प्रोस्पर ग्लोबल को साझेदारीमा सञ्चालित M-RED परियोजना अन्तर्गत कञ्चनपुरको झलारीस्थित होटल महाकालीमा लालझाडी गाउँपालिकाका २४ जना सामुदायिक विपद् स्वयंसेवकहरूका लागि ७ दिने विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम (VMT) सुरु भएको छ।

६ जना दक्ष प्रशिक्षकहरूद्वारा सहजीकरण भइरहेको उक्त कार्यक्रम लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको अध्यक्षता तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का प्रमुख धर्मराज उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उप्रेतीले यी प्रशिक्षित स्वयंसेवकहरूलाई प्राधिकरण तथा स्वयंसेवक व्यवस्थापन प्रणाली (VMS) मा आबद्ध गरी आपतकालीन अवस्थामा तत्काल परिचालन गरिने बताउनुभयो।
यस तालिमले दोदा नदी तटीय क्षेत्रलगायतका जोखिमयुक्त बस्तीहरूमा पूर्वसूचना प्रवाह, खोज तथा उद्धार र प्राथमिक उपचारमा स्थानीय क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
Comments are closed.